• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बुटवल मिनी मेलम्चीः २४ वर्ष बितिसक्याे झुम्सा खानेपानी आयोजना अझै अलपत्रमा

पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,काठमाडौं । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर बुटवलमा २४ वर्षअघि सुरु गरिएको एउटा खानेपानी आयोजना अझै पूरा भएको छैन ।

आजको नागरिक दैनिकमा खबर छ – लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलबासी खानेपानीको अभाव झेल्न बाध्य छन् । २०५२/०५३ सालमा पाल्पाको सिस्ने खोलाबाट पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो ।

२३ वर्षमा धेरैवटा सरकार फेरिए । बुटवलबाट धेरैजना नेता सांसद, मन्त्री भए ।

यो आयोजनाको नियति फेरिएन । सफा र शुद्ध पानी खाने बुटवलवासीको सपना कहिल्यै पूरा भएन । नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस