भदौ २७, ललितपुर । ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा विचौलियाको काम गर्ने कार्यमा संलग्न ललितपुर जावलाखेल बस्ने धादिङ घर भएका ४४ वर्षीय सुवर्ण थापा सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।