• २०८१ जेष्ठ ११ गते शुक्रवार

पहिरोमा पुरिएर थबाङको झार्नेमा ६ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

   भाद्र २७,रोल्पा । थबाङ गाउपालिका छेर्लाबाङको झार्नेमा गएराती ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा थबाङ गाउँपालिका–२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा रहेका छन् । पहिरोमा परेर श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका श्रीमती र दुई छोरीको पनि मृत्यु भएको छ । बुढाका ३६ वर्षीया श्रीमती मूल ज्योति, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको थबाङ गाउपालिकाका अध्यक्ष बिर बहादुर घर्तिले बताउनु भएको हो ।

घर्तिका अनुसार अरु घर भन्दा उक्त घर अलि टाढा भएकोले  घर पुरिएको स्थानीयले विहान मात्रै थाहा पाएका थिए ।

पहिरोमा पुरिएका श्रीकुमारी बुढा र उनको ४ वर्षीय छोरा असलको शव विहान निकालिएको थियो । श्रीकुमारीको जेठाजूसहितको ४ जना सदस्यको शव भने मध्यान्ह निकालिएको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस