• २०८१ जेष्ठ १४ गते सोमवार

सुनको मूल्य घट्ने क्रम जारी

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २७, काठमाडौं । केही दिनयता सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७० हजार ६ सय र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यो साताभर नै सुनको मूल्य घट्ने क्रम जारी रह्यो ।

गएको शुक्रबार सुन प्रतितोला ७२ हजार रुपैयाँ थियो । त्यसैगरी क्रमशः आइतबार ७१ हजार पाँच सय, सोमबार ७१ हजार ७ सय, मंगलबार र बुधबार ७१ हजार, बिहीबार ७० हजार ८ सय र शुक्रबार (आज) ७० हजार  ६ सय रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस