भदौ २७,काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा भव्यता साथ मनाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
असोज २, ३ र ४ गते महानगर, उपमहानगर, नगरपालिका गाउँपालिका र जिल्ला तहमा संविधानसँग सम्बन्धित जनाजगरण कार्यक्रम गरी भव्यरूपमा मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।
असोज ३ गते संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने, शहीदप्रति उच्च सम्मान गर्ने कार्यक्रम गर्ने, प्रदेश तथा सबै स्थानीय तहले हातहातमा राष्ट्रिय झण्डा लिएर सम्बन्धित स्थानीय तहले तोकिएको ठाउँमा प्रभातफेरि कार्यक्रम गर्ने, वडा र नगरपालिकाले विभिन्न झाँकी र र्याली प्रदर्शन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्रसमेत गरेको हो ।