• २०८० मङ्सिर १३ गते बुधवार

विद्यार्थीको पहलमा दोणाञ्चल क्याम्पसमा वृक्षारोपण

पढ्न लाग्ने समय : २ मिनेट

    क्याम्पस वरपर वृक्षारोपण गरिँदै ।

साउन २८ दुल्लु ,दैलेख ।   दोणाञ्चल क्याम्पस दुल्लुमा मंगलबार दोस्रो बर्ष विएड अध्यनरत दुई विद्यार्थी(छात्र)को पहलमा वृक्षारोपण कार्य गरिएको छ । अध्यनरत विद्यार्थी पंकजबहादुर कठायत र रुद्र भण्डारीको पहलमा वृक्षारोपण गरिएको हो ।

दुल्लुमै रहेको पुस्पा नर्शरी देखि ३० ओटा कागती ,सुन्तला र अमिलोका बिरुवाहरु ल्याई क्याम्पसका शिक्षक ,स्थानीय तहका जनप्रतिनिधिका बिचमा वृक्षारोपण गरिएको विद्यार्थी तथा वृक्षारोपण कार्यक्रमका संयोजक पंकजबहादुर कठायतले बताउनुभयो ।‘ क्याम्पस वरपर हरियाली वातावरण भयो भने सुन्दर ,आर्कषक हुनुका साथै त्यी बिरुवा बाट उत्पादन हुने फलफुल ,घाँसबाट भने क्याम्पसले केही आर्थिक लाभ गर्न सक्ने ,उहाँको भनाई छ ।

आफुहरुले क्याम्पसलाई व्यक्तिगत रुपमा हरियाली वातावरणमय बनाउनको लागि पहल गरेका हौँ ,उहाँले भन्नुभयो । क्याम्पस प्रमुख नरेन्द्र बहादुर बोहोराले विद्यार्थीको राम्रो कार्यको तारिफ गर्नुभयो ,। उहाँले भन्नुभयो क्याम्पस /विद्यालयलाई राम्रो बनाउनु शिक्षकको हातमा मात्र नभई विद्यार्थीको भुमिका पनि त्यतिनै आवाश्यक रहेको हुन्छ ,त्यसैले विद्यार्थीले गरेको काम मुल्याङकनमय छ ,उहाँले भन्नुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजालले पनि कार्यक्रममै सहभागी भई विद्यार्थीले गरेको काममा व्यवस्थापन पक्षले राम्रो दृष्टिकोणले हेरेको बताउनुभयो । यस्तै समाजसेवि विना कार्की ,भुपु विद्यार्थी संघका अध्यक्ष जितेन्द्र कार्की ,दुल्लु नगरपालिका–७का अध्यक्ष लालबहादुर रावत , भैरवी गाउँपालिका–४का अध्यक्ष विरेन्द्रबहादुर शाहीले समेत वृक्षारोपणमा साथ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस