• २०८२ बैशाख १७ गते बुधवार

सर्पले टोक्दा एक महिलाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, रुपन्देही । रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

वडा न. १० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।

घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।

अधिक गर्मी बढेसँगै रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत ठाउँमा विषालु सर्पको विगविगी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस