• २०८१ पुष २९ गते सोमवार

अनमोल ‘एन्टी हिरो’ खेल्ने, भुवन बन्दैछन् भिलेन

पढ्न लाग्ने समय : १ मिनेट

साउन २८, काठमाडौं । सदबहार अभिनेता भुवन केसी अब भिलेनको रुपमा देखिने भएका छन् । आफैंले नै निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा उनी भिलेन बन्न लागेका हुन् । फिल्ममा हिरोको रुपमा भने अनमोल केसी रहने छन् ।

चलचित्र विकास बोर्डमा सोमबार फिल्मको नाम ‘एन्टी हिरो’ दर्ता गरिएको छ । सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको निर्देशक र अन्य कलाकार भने फाइनल हुन बाँकी रहेको अभिनेता भुवनले बताए ।

तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्ममा हिरोइन नयाँ भित्रिन सक्नेछिन् किनभने पछिल्लो समय भुवनले आफुले निर्माण गरेको फिल्ममा हिरोइन नयाँ भित्र्याएका छन् ।

प्रतिक्रिया दिनुहोस