- गोबिन्द पौडेल
असार २८, इलाम । रोङका किसानले उत्पादन गरेको तरकारी सामुहिक रुपमा बजारमा लैजान थालेपछि प्रचलित बजार मुल्य पाउन थालेका किसानलाइ रोङ गाउपालिकाले सहयोग गरेको छ ।
किसानले उत्पादन गरेको तरकारी ब्यपारीहरुले खरिद गरेर झापाका बजारमा लैजादा तरकारीको मुल्य ब्यपारीहरुको तजबिचमा निर्धारण हुने गरेकोमा गत बर्ष देखी किसानले उत्पादन गरेको तरकारी समुहमा बजार सम्म लैजाने र खर्च कटाएर बितरण गरिने भएपछिे किसानलाइ तरकारीको बजार मुल्य थाहा हुने भएपछि ब्यपारीहरुले पनि उचित मुल्यमानै तरकारी खरिद गर्ने गरेको र किसानले पनि प्रचलित बजारकै मुल्य पाउन थालेका छन् ।
मौसमी बालीमा भर परेका किसानहरु सहकारीले तरकारी बेच्न थालेपछि बेमौसमी उत्पादनमा जुट्न थालेका छन् । कृषि प्राबिधिक र जानकारहरुसग परामर्समा जुटेका किसानहरुलाइ प्रेरणाको लागि यस बर्ष तरकारी संकलन केन्द्र निमार्णकोलागि रोङ गाउपालिकाले रु १ लाख अनुदान सहयोग गरेको छ । किसानको मेहनतलाइ साकार बनाउन सकेको सहयोग गर्न तयार रहेको रोङ गाउपालिकाको अध्यक्ष समसेर राइले बताए ।
यहा उत्पादन गरेको काक्रोको चार रुपैया तेतीस पैसा भाडा एकरुपैया संकलक खर्च बोरा सुत्लि र निकासी कर बाफत गरि हुन आउने खर्च ७ रुपैया बिक्री भएको मुल्यमा घटाएर किसानले पाउदा किसानले उचित मानेका छन् तर समुहले ढुवानीबाफत झापा लगेको प्रति बोरा ३० बटाको १ सय ३० रुपैया तिनुपर्ने र गाडी हुनेहरुले सस्तोमा बोक्दापनि फाइदानै हुने भएपछि समुह भन्दा ब्यपारीले महंगोमा किन्ने गरेपछि समुहलाइ असहज भएपनि किसानहरुलाइ भने फाइदानै भएको लेखा समितिका सदस्य श्याम आचार्यले बताए । गत बर्ष उत्पादनको यो मुख्य सिजनमा रु १५ मा बेचेका काक्रा यसबर्ष २३ रुपैया किसानले घरमानै पाएको सहकारीका सचिव संजिब गुरुङले बताए ।
यता सरकारले शहरी रुटमा गाडीको भाडादर कायम गरेको भएपनि ग्रामिण रुटहरुमा बेवास्ता गर्दा किसानहरुलाइ मार पर्ने गरेको छ । कहाको भाडादर कति र कस्तो सडकको भाडादर कति भन्न बारेमा स्पष्ट भए किसानहरुलाइ राहत मिल्ने समुहका अध्यक्ष इन्द्र प्रधानले बताए ।
यता सामुहिक प्रयास सफल हुदै गएपछि किसानहरु सहकारीमा आवद्ध हुन थालेका छन् । नेपालकै उत्कृष्ट मानिएको महारानी झोडा साना किसान कृषि सहकारी संस्थाको प्रर्वधनमा जिर्मले साना किसान कृषि सहकारी संस्था स्थापन गरि सोही संस्थामार्फत किसानहरुलाइ प्रबिधि र सिप दिएर उत्पादीत बस्तुहरु बजारीकरण गर्न वडाको सबै टोलमा कृषि समुह गठन गर्न थालिएको सहकारीका अध्यक्ष राम योन्जनले बताए ।