• २०८२ बैशाख १७ गते बुधवार

बाजुरामा बर्षातको शुरुवात सँग बुढिगंगा नदि थुनिने समस्या

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार 

असास २८, बाजुरा । बर्षातको शुरुवात सँगै बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदि थुनिन लागेको छ ।

बर्षात सँगै बुढिगंगा नदिमा पानिको बहाब बढदै गएको र त्रिबेणी नगरपालिका ९ पैमा गाँउ तल बाट पहिरो झर्न शुरु भएपछि थुनिने खतरामा रहेको त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले बताएका छन् ।गएको बर्ष देखि उक्त ठाँउमा पहिरो बग्न थालेको हो । हिउँदको समयमा पनि पहिरो बगेपनि खासै असर थिएन । बर्षातमा पानी बढने भएपछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानियबासिले बताएका छन् । लगातार वर्षा संगै पहिरो बढदै गएपछि ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले वताएको छ । नदि थुनिने जोखिम बढेपछि स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

गत बर्ष देखि नै पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानिय नविन थापाले बताए । नदि थुनिने खतरा सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेका छन् ।पहिरोका वारीतिर रहेको साँफे मार्तडी सड्क खण्ड गएको बर्ष बर्षातको तिन महिना अबरोध भएको थियो । उता बाट पहिराले नदिले साघुरो बनाउदै गएको छ, अर्को भागमा नदिले कटान गर्दै गएपछि जुनसुकै बेला पनि साँफे मार्तडी सडक बन्द हुन सक्ने खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैशीले बताउनुभयो । गत बर्ष देखि नै सरकार राज्यलाई जानकारी भएपनि सडक ब्यबस्थापन गर्नमा कसैको ध्यान नगएको जैशीले बताए ।

नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् । त्यो सँगै पहिरो सँगै जोडिएको गाँउ पैमा पनि उक्क्त जोखिममा रहेको बडीमालिका मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । खेतियोग्य जमिन सबै गएको बर्ष पहिराले बगाइसकेको उनले वताए । बर्षात मात्र नभई हिउँदको महिनमा पनि पहिरो बग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस