- सागर थापा /टेकबहादुर पुन
असार २८, लमही । दाङ्गको लमहीमा बस र ट्रक एकआपासमा ठोक्किएका छन् ।
काठमाण्डौ बाट बर्दिया जाँदै गरेको ना ७ ख ९०४ नम्बरको बस र अत्तरिया देखि लमही आउदै गरेको ना ६ ख ९७४९ नम्बरको ट्रक एक आपसमा ठोकिदा यात्रु सामान्य घाईते भएकम छन् । दुर्घटना स्थलमा खाल्डा खुल्डी भएको र बर्षातको समयका कारण पनि दुर्घटना निम्तिएको लमहीका ट्राफिक प्रमुख मोहन चन्दले बताए । दुर्घटना शनिबार बिहान साडे ७ बजे भएको हो । बस र ट्रक दुबै स्लो भएका कारण यात्रु सकुशल रहेका छन ।