• २०८० असोज ७ गते आइतवार

३७ वर्षअघि हत्या गरि फरार अभियुक्त बुढेसकालमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, बारा । बारा प्रहरीले ३७ वर्षअघि सुकदेव साह सोनारको हत्या गरि फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–११ मधुरी टोल बस्ने बिरबहादुर चौधरी रहेका छन् ।

चौधरीले सुकदेवलाई वि.स. २०३९ साल जेठ ८ गते शनिबारका दिन घरबाट बोलाई लगी सोही राति घाँटी रेटी हत्या गरेर मृतकको शव गाउँ नजिकै रहेको डेरा नदीमा फालेका थिए । चौधरीलाई कर्तव्यज्यान मुद्दामा तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाले २०४३ फागुन १९ गते र सर्वोच्च अदालतले २०४५ असोज १७ गते २० वर्ष सजाय सुनाएको थियो । जन्मकैद फैसला भएकोमा फरार रहेका चौधरीलाई मंगलबार प्रहरीले पक्रेको हो । ३० वर्षसम्म लुकिछिपी बस्दै आएका चौधरीलाई पक्राउ गरी कैद भुक्तानका लागि अदालतमा उपस्थित गराएर वीरगञ्ज कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस