• २०७९ भाद्र ३ गते शुक्रवार

दुई महिनादेखि एक राउटे वेपत्ता

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, दैलेख । जँगलमा फिरन्ते जिवन बिताउँदै आएको लोपउन्मुख राउटे समुदायका एकजना युवा दुईमहिनादेखि वेपत्ता भएका छन ।
राउटे सुमदायका ३५ बर्षीया जयबहादुर शाही सुर्खेतको गुर्भाको नगरपालिका देखि हराएको उनका दाई भद्रबहादुर शाहीले बताए ।

हराएका राउटेको परिचय पत्र । उक्त परिचय पत्र पनि गत बर्ष गुराँस गाउँपालिकाले नै वितरण गरेको थियो ।

उनले,आफ्नो भाईलाई गुर्भाकोटका विभिन्न ठाउँमा खोजि कार्य गर्दा पनि हालसम्म पनि पत्ता नलागेको भन्दै खोजिदिन आग्रह गरेका छन् ।
दुई महिना देखि हराएका उनको खोजीको लागि राउटेको हेरचाहमा कार्यरत कर्मचारी मार्फत गुराँस गाउँपालिका दैलेखको न्यायिक समिति र प्रहरी चौकी रानिमत्तामा निवेदन समेत दर्ता गरेको छ । राउटेले निवेदन दर्ता गरको यो पहिलो पल्ट हो । पछिल्लो समय राउटे बालबालिकालाई अध्यापन गराईरहेको शिक्षक लालबहादुर खत्रीले बताए । गुर्भाकोटमा हराएका राउटेको गुराँस गाउँपालिका दैलेखमा बसाई सरे पछि त्यहाँ हराएको पाईयो । राउटे युवा जय बहादुरको खोजीका लागि आफुहरुले पहल गर्ने गुराँस गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले रानिमत्ता प्रहरी चौकीलाई समेत जानकारी गराएको गाउँपालिका अध्यक्ष खेमराज वलीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस