जेठ ३० सिराहा । अपहरण तथा शरीर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त औराही गाउँपालिका-२ वस्ने २१ बर्षीय गंगाराम मण्डल खत्वेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका-६ का सुभाष कुमार यादवलाई २०७५ मंसिर ८ गते अपहरण गरी भारतको मधुवनी लगेर गोली हानी सख्त घाइते बनाई घट्ना पश्चात फरार रहेका खत्वेलाई सिरहा नगरपालिका-७ मा लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
गोली लागेर गम्भीर घाइते भएका सुभाषको उपचारको क्रममा भारतको बिहारस्थित पिएमसिएच मेडिकल कलेजमा २०७५ मंसिर ९ गते मृत्यु भएको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।