काठमाडौं ३०, जेठ । सरकारले सगरमाथालगायत हिमाल आरोहणका समस्या बुझेर सुझाव दिन समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
समितिले हिमाल आरोहणमा मृत्यु भएका र हराइरहेका व्यक्तिको सम्बन्धमा मृत्यको कारणबारे छानबिन गर्नेछ । नेपाल सरकार प्रधानमन्त्रीस्तरको निर्णयबाट समिति गठन भएको विभागले जानकारी दिएको छ ।