• २०७९ साउन २७ गते शुक्रवार

ओम अस्पतालमा लापारबाहीको कारण बिरामीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ ३०, जेठ । पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिरामीको मृत्यु भएको छ ।

पित्तथैलीमा समस्या भएकाले उपचारका लागि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।गत शुक्रबार अस्पताल भर्ना गरिएकी थापाको उपचारका क्रममा मृत्यु भएको भन्दै अस्पताल प्रशासनले बिहीबार विहान मात्रै आफन्तलाई जानकारी दिएको थियो ।

आफन्तले अस्पतालको लापारबाहीको कारण बिरामीको मृत्यु भएको अरोप लगाएका छन् । मृतकका आफन्तले चिकित्सकको कारण बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी गरेपछि ओम अस्पताल केही समय तनावपूर्ण बनेको थियो ।

अहिले प्रहरीको रोहवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस