• २०८२ बैशाख १६ गते मङ्गलवार

मोटरसाइकल चोरी गर्दा गर्दै दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् ।

उनीहरुले तार्केश्वर नगरपालिका–२, काभ्रेस्थलीमा पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गर्दा गदैं पक्राउ परेका हुन । पक्राउ परेका उनिहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस