• २०८० मङ्सिर १३ गते बुधवार

ट्याङ्कीमा डुबी पोखरामा एक बालकको मुत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पोखरा ३०, जेठ । पानीको ट्याङ्कीमा डुबी पोखरामा एक बालकको मुत्यु भएको छ ।

स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७, मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको बुधबार साँझ ७ः३० बजे मामाघर सँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

साथीसँग खेल्ने क्रममा घरको भर्याङमुनि रहेको ट्याङ्कीमा खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस