काठमाडौ ३०,जेठ । स्पेनिस फुटबल क्लब रियल मड्रिडले डिफेन्डरमा फेरलान्ड मेन्डीलाई पनि आबद्ध गरेको छ । रियलले बुधबार फ्रेन्च क्लब लियोनमेन्डीलाई ४ करोड ७० लाख पाउन्डमा अनुबन्ध गरेको हो । योसँगै मेन्डी रियल भित्रिने चौथो खेलाडी हुन् ।
रियलले यसअघि चेल्सीबाट करिब १५ करोड पाउन्डमा इडेन हाजार्ड र फ्यांकफटबाट ५ करोड ३० लाखमा लुका योभिचलाई अनुबन्ध गरेको थियो । फ्रान्सका २४ वर्षीय मेन्डीले रियलसँग ६ वर्षका लागि सम्झौता गरेका छन् ।
पूर्व पेरिस सेन्ट जर्मनका खेलाडी रहेका मेन्डीले लियोनका लागि गत वर्ष च्याम्पियन्स लिगका सबै खेलसहित ७९ खेल खेलेका थिए। फ्रान्सको राष्ट्रिय टोलीबाट ४ खेल खेलेका उनी मंगलबार एन्डोराविरुद्ध पहिलो रोजाइमा परेका थिए ।