• २०८२ बैशाख १६ गते मङ्गलवार

जनताका घरमा ३ महिनामा पैसा नतिर्दा लाइन काट्ने प्राधिकरण कहा छ ?

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ महिना सम्म विजुलीको महशुल नतिर्ने ग्राहकको लाइन काटिरहदा ठुला नाम चलेका उद्योगको महशुल करोडौं तिर्न बाँकी रहदा किन काट्न सक्दैन ?

नेपाल बिद्युत प्राधिकरणले महशुल तिर्न ३ महिना ढिलो गर्र्ने ग्राहकहरुको लाइन काट्ने गरेको छ । घरायसी प्रयोगकर्ताहरुले ३ महिना पैसा नतिरे लाइन काट्ने गरेको छ तर नेपालका नाम चलेका ठुला ठुला उद्योगहरुले करोडौं नतिर्दा समेत लाइन काट्न कुनै पहल गरेको पाइदैन ।

नेपाल बिद्युत प्राधिकरणमा महशुल तिर्न बाकी उद्योगहरुमा जगदम्बा स्टिलको २ अर्व ५० करोड, धोराही सिमेन्टको ७५ करोड, मारुती सिमेन्ट ६० करोड, अर्घाखाँची सिमेन्ट ४२ करोड, हामा आइरन ९ करोड, अशोक स्टिल २३ करोड, सम्राट सिमेन्ट (घोराही) ६ करोड ५० लाख, सुर्य नेपाल ६ करोड ५० लाख, हुलास स्टिल २२ करोड, एभरेष्ट पेपर मिलस १३ करोड, रोल्पा सिमेन्ट ३ करोड, सानापुर सिमेन्ट ४० करोड, जगदम्बा सिन्थेटिक्स २० करोड, त्रिवेणी स्पिनिङ ३० करोड, कसमस सिमेन्ट १३ करोड आदि रहेका छन ।

अबौं रकम उठाउन बाँकी रहदा पनि कुनै निकायले चासो नदिनुले कतै भित्र भित्रै ठुलै चलखेल त छैन भन्ने आशंका जन्माएको छ ।

 

श्रोत : रमेश थापाको फेसबुक वाल

 

प्रतिक्रिया दिनुहोस