• २०७९ साउन २७ गते शुक्रवार

युवा संघ अध्यक्ष पौडेल भन्छन “सबैखाले अराजकता मुर्दावाद”

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संघका अध्यक्ष रमेश पौडेलले एभिन्युज टेलिभिजनबाट प्रशारित कार्यक्रम कार्यक्रम सञ्चालक सुशील पाण्डेले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग लिएको अन्तर्वार्तामा सम्बन्धमा सबैखाले अराजकता मुर्दावाद भनेका छन ।

युवा संघका अध्यक्ष रमेश पौडेल

उनले फेसबुकमा लेखेका छन “म पनि पत्रकारीताको विध्यार्थी देशको एउटा उपप्रधानमन्त्रीलाई लाइभ अन्तर्वार्ता लिइरहेका एक टेलिभिजन अन्तर्वार्ताकारले पटकपटक ु तपाईं वकपास नगर्नुस् , तपाईं यहाँवाट जान सक्नुहुन्छ ु आदि इत्यादी भनेपछि उपेन्द्र यादवले छाडेर हिडिदिए । भिडियो हेरेर लाग्यो उपेन्द्र यादवको कदम गलत छैन । उपेन्द्र यादब उत्तर दिन नसक्ने मान्छे किमार्थ हैनन् । वोल्नमा अब्बल , शिष्ट र मिडिया फ्रेन्डली नेता नै हुन् । समाजमा अरु सवै शिष्ट हुनुपर्छ र पत्रकार चाहिँ हुनुपर्दैन भनेर मैले आई।ए।देखि एम।ए।सम्म पत्रकारिता पढ्दा कहिल्यै सिकिन। पत्रकार महासंघले र स्वयम् तत् संस्थाले यो विषयमा गम्भीरतापूर्वक लियोस् । सबैखाले अराजकता मुर्दावाद ।।”

प्रतिक्रिया दिनुहोस