• २०८० मङ्सिर १९ गते मङ्गलवार

एभिन्युज टेलीभिजनको कार्यालय तोडफोड

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, वीरगञ्ज । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका टेलिभिजनले जनाएको छ ।

उनीहरुले सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिएको एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले बताइन् । उनीहरू को हुन् र किन आएर तोडफोड गरे केही नभनेको उनले बताइन् ।

उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार राति प्रसारण भएको थियो । अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।

अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस