बैशाख ३०, काठमाडौं । युवा संघ नेपालको २९औं स्थापना दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
दौड प्रतियोगिता राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा भोली ३१ गते बिहान ७:०० बजे देखि सुरु हुने आयोजकले बताएको छ ।
दौड प्रतियोगितामा प्रथम पुरस्कार रु. १५०००र स्वर्ण पदक, दोस्रो पुरस्कार रु.१००००र कास्य पदक र तेस्रो पुरस्कार रु.५००० र रजत पदक रहेको छ भने सहभागी सम्पूर्णलाई प्रमाणपत्रको ब्यबस्था गरिएको छ।
दौड प्रतियोगिता युवा संघ नेपालको आयोजनामा अन्तर जिल्ला कमिटीको व्यवस्थापनमा हुन लागेको हो ।
युवा संघ नेपाल को २९औं स्थापना दिवसका अवसरमा हुने स्थापना दिवस बिशेष कार्यक्रम जेष्ठ १ गते दिनको १२ बजे राष्ट्रिय सभा गृहमा हुने छ ।
युवा संघ का संस्थापक अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के.पी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा कार्यक्रम हुने युवा संघले जनाएको छ ।