एजेन्सी । इन्डीयन प्रिमियर लिग आईपीएलको उपाधि मुम्बई इन्डीयन्सले जितेको छ । चेन्नई सुपर किँग्सलाई १ रनले हराउँदैं मुम्बईले आईपिएलको उपाधि जितेको हो । जितसंगै मुम्बई चार पटक उपाधि जित्ने पहिलो टिम बनेको छ । यसअघि मुम्बई र चेन्नईले सर्वाधिक समान तीन तीन पटक आईपिएलको उपाधि जितेका थिए ।
आईतवार राती सम्पन्न फाइनलमा हैदरावादमा पहिले व्याटिङ्ग गरेको मुम्बईले १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन जोडे । चेन्नईका लागि दीपक चहरले ३, सार्दुल ठाकुर र इमरान ताहिरले समान दुई दुई विकेट लिए । जवाफी व्याटिङ्गमा आएको चेन्नई ७ विकेटको क्षतिमा १ सय ४८ रनमा समेटियो । चेन्नईका लागि सेन वाट्सनले सर्वाधिक ८० रन जोडेपनि जितका लागि त्यो पर्याप्त भएन् ।
मुम्बईका लागि जसप्रित बुमराहले २, क्रुनाल पाण्डे, लासिथ मालिङ्गा र राहुल चहरले समान एक एक विकेट लिए । जीतसंगै चेन्नईले २० करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ ।