• २०८० मङ्सिर १९ गते मङ्गलवार

ठमेलबाट बाल यौन दुराचारी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं ।काठमाडौंमहानगरपालिका-१७ ठमेल भगवतिस्थानस्थित होटेलबाट बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गर्ने बाल यौन दुराचारी ६९ वर्षीय फ्रान्सेली नागरिक Georges, Igor Simansky लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विदेशी नागरिकहरुले नेपाली बालकहरुलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरी नेपाली बालकहरूलाई पीडित बनाउने गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले उक्त होटलमा उनलाई आपत्तीजनक अवस्थामा नेपाली बालकसँग सुतिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बालकलाई प्रहरीले उद्दार गरि आफन्तको जिम्मा लगाएको छ भने पक्राउ परेका फ्रान्सेली नागरिकलाई बाल यौन दुरूपयोग तथा अप्राकृतिक मैथुन अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस