- विपना मगर
१
म वारि हुदा तिमी पारि नभैदिए हुन्छ
चाेखाे सम्बन्धमा झगडा बारबारि नभैदिए हुन्छ
म त साँचो मनले~~ माया गर्ने मान्छे हजुर
यति भन्छु मेराे खालि निधारि नभैदिए हुन्छ।
२
याे भरि माया भाेलि अाधी भयाे भने
जिन्दगी हाम्राे पुरै समाप्ति भयाे भने
साच्चिकै धेरै पछुताएर के गर्नु पछि
इमानदारी प्रेम अपराधी भयाे भने।
३-
तिम्रै भर पर्छु भनी ढाट्याै भने तिमिले
म बाहेक अन्त मुटु साट्याै भने तिमिले
जिन्दगी कै कालाे दिन हुने छ मेराे
छिया-छिया पारि मुटु काट्याै भने तिमिले।
४-
तिम्रै फाेटोे हेरि कराउने गर्छु
बितेका यादमा हराउने गर्छु
बिश्वास गर्छु र त भर छ तिम्रो
टाढिन्छाै कि कतै डराउने गर्छु।
सुन्छहरी गाउपालिका 7 रोल्पा