जाजरकोट । बिश्वमा राष्ट्रीय झडा फहराउने हैसियत खेलाडिको हुने भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती भनाई रहेको छ । खेलाडिलाई जुन ठाउँ बाट ब्याख्या गर्नु पर्थ्यो त्यो अनुसार जिल्लामा स्रोतसाधन नभएको भन्दै खेल क्षेत्रमा विश्वमा राष्ट्रीय झण्डा फहराउने हैसियत हुने भनाई रहेको छ ।
मंगलवार जिल्ला खेलकुद बिकास समिति जाजरकोटले प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगिाका खेलाडि बिदाई गर्दै नगर प्रमुख घर्तीले यस्तो बताएका हुन । आफु खेल क्षेत्रबाट राजनितिमा होमिदै गर्दा बिभिन्न देशहरुमा जादा एउटा खेलाडिको यति इजत हुन्छ एउटा देशको राष्ट्रीय झण्डा फहराउने हैसियत भनेको एउटा खेलाडिको हुन्छ । हाल नेपालमा खेलाडिलाई जुन हाईट बाट जुन पहिचान बाट हेरीनु पर्थ्यो त्यो कुरामा अहिलेको सरकार चुकेको समेत बताए । अहिले तिन तहको सरकारमध्य भेरी नगरपालिकाले कुनै पनि खेलाडिले राम्रो काम गरेर देखाउछ भन्ने गम्भीरका साथ लगानि गर्न नहिचकिचाएको तर खेलाडि भईसके पछि धेरै अनुसासनका कुराहरु ,लगनशिलताको खेलकुदलाई निरन्तरर्ता र बिकास तिर अगाडि बढन समेत सुजाव दिए ।
खलंगामा राम्रो भलिवल कोड नभएकोमा पनि जिल्लाका खेलाडिहरु दैनिक बाहीर जिल्ला खेल्न गएर बिभिन्न स्थान हासिल गर्दै आएकोमा खुसि ब्यक्त गरे । यस्तै बिदाई कार्यक्रममा बोल्दै जिल्ला खेल्कुद बिकास समितिका अध्यक्ष नर बहादुर बस्नेतले जिल्लामा भौगोलिक बिकटता संगै बिभिन्न चुनौतिमा रहेको खेलक्षेत्र प्रदेशको पहिलो खेल सफलता पूर्ण सम्पन्न गर्नको लागि शुभकामना समेत दिएका थिए ।