- रेशम बहदुर खड्का
फागुन ०१ ,जाजरकोट । जाजरकोटमा निःशुल्क मुटुरोग शिविर सञ्चालन हुने भएको छ । बिकटता संगै मुटुरोग सम्बन्धी जिल्लाम भरपर्दो सेवा नहुदा जिल्लामा निशुल्क शिविर सञ्चालन हुन लागेको हो ।
नेपालमा मुटु रोगको सहि पहिचान र उपचार विधि पत्ता लगाउन नसक्दा साधारण गरिब किसानले ज्यान गुमाउनु परेको बेला जाजरकोटमा पनि निःशुल्क मुटुरोग सम्बन्धी १ दिने सिविर सञ्चालन गर्न लागिएको नेपाली कला साहित्य डट कम परिवारका उपाध्यक्ष राजेश्वर कार्कीले जानकारी दिए । मंगलवार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार समेलन गरी कार्किले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोग, जिल्ला समन्वय समिति जाजरकोटको आयोजना तथा र सम्मान फाउन्डेसन ललितपुरको संयोजनमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आउने समेत कार्कीले जानकारी दिए ।
किसान देखि उच्च तहका नागरिकले राज्यको संरक्षण उचित समयमा नपाउदा र सरकारी तहबाट व्यवस्थापकिय संरचनाहरुको अभाव जस्ता कठिनाईको परिणाम जनता वा शासक आफैले ज्यान गुमाउन बाध्य हुने गरेको उपाध्यक्ष कार्कीले पत्रकार सम्मेलन मार्फत धारणा व्यक्त गरे ।
निःशुल्क मुटुरोग शिविर जिल्ला अस्पताल जाजरकोटमा फागुन २ गते डाक्टर रवि मल्ल नेतृत्वको टोलिले बिभिन्न विषयका विज्ञ डाक्टरहरुबाट निःशुल्क रोग जाँच गरिने आयोजकले जनाएको छ ।