फागुन १, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव १९ महिनापछि मिडियामा सार्वजनिक भएका छन् । २४ औं जनयुद्ध दिवसको अबसरमा विप्लवले रातो खबरको युट्यूव च्यानललाई अन्तरवार्ता दिएका छन् ।
१९ महिनासम्म कुनै मिडियामा प्रत्येक्ष रुपमा अन्तरवार्तामा नदेखिएका विप्लव रातो खबरको युट्यूव च्यानलमा देखिएका हुन् । अन्तरवार्तामा उनले सही विचारकै कारण जनयुद्धले सामन्तवादलाई परास्त गरेको बताएका छन् ।
विप्लवले तत्कालिन नेतृत्वले जसका विरुद्ध लडिएको थियो, उनीहरुसँगै पछि लागेपछि जनयुद्धका उपलब्धी गुमेको बताए । प्रचण्डले प्रतिक्रियावादी भनेकै शक्तिहरुसँग झुकेको बताए ।
अन्तरवार्ताको क्रममा प्रचण्ड–बाबुराम कम्युनिस्ट भइनसकेको बताउँदै उनीहरुको जीवन संक्रमणमै रहेको दाबी समेत गरेका छन् । विप्लवले प्रचण्ड–बाबुराम आफैले बलिदान गर्नसम्म नर्पुयाएको बताए । उनले प्रचण्ड क्रान्ति देखि भागेको व्यक्ती भएको बताएका छन् ।
हेर्नुहोस् भिडियो
जनयुद्ध दिवसको शुभकामना
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्ध दिवसको अबसरमा शुभकामना दिँदै नेपाली नेपाली क्रान्तिकारीहरूको भविष्य उज्ज्वल रहेको बताएका छन् । विप्लवले विज्ञप्तिमार्फत शुभकामनामा दिँदै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने समेत बताएका छन् ।
‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ’ विज्ञप्तिमा भनिएको छ । उनले एकीकृत जनक्रान्तिमा मातेमालो गर्न समेत अपील गरेका छन् ।