• २०८० असोज ११ गते बिहिवार

आज जनयुद्ध दिवस

पढ्न लाग्ने समय : ३ मिनेट

२०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा जनयुद्ध दिवस मनाइने गरिएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गर्दछन् ।

जनयुद्ध शुरू गरेको आज २४ वर्ष पूरा भएको छ । जनयुद्ध शुरू गरिएको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरेर जनयुद्ध दिवस मनाउँदैछ । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । यस अवधिमा माओवादी पार्टीमा थुप्रै परिवर्तन आए भने देशले पनि परिवर्तनको फड्को मारेको छ । संविधानसभाबाट संविधान निर्माण भएको छ र गणतन्त्र संस्थागत भएको छ । यद्यपि जनयुद्धको उद्देश्य यति मात्र थिएन भनी आलोचना गर्नेहरू पनि छन् । शुरूशुरूका दिनमा खुलामञ्चमा यो दिवस भव्यरूपमा मनाइन्थ्यो भने अहिले पार्टी कार्यालयको एउटा कोठामा सीमित भएको छ । २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते, अंगभंग र बेपत्ता भए । यता माओवादी पनि विभिन्न टुक्रामा बाँडिए ।

जनयुद्धको थालनी गर्ने मुख्य व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’नेकपा एमाले र माओवादीको मिलन पश्चात नेकपा को दुई अध्यक्ष मध्ये १ भएर रहनुभएको छ । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ । सोही पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्नुभएको छ भने र नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गर्नुभएको छ । जनयुद्धबाट आएका यी नेताले अलग अलग पार्टी बनाएका छन् र जनयुद्ध दिवस पनि अलग अलग मनाइरहेका छन् । २०६३ सालमा विस्तृत शान्ति सम्झौता गरी नेकपा (माओवादी) शान्ति प्रक्रियामा आयो । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् । दश वर्ष सशस्त्र युद्धमा बिताएका माओवादीले १२ वर्ष शान्ति प्रक्रियामा पनि बिताए । अझ पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगेको छैन । प्रचण्डको नेतृत्वमा दुईपटक र डा. बाबुराम भट्टराईको नेतृत्वमा एक पटक सरकार बनेको छ । जनयुद्धको मर्म र लक्ष्य पूरा नभएको ठान्ने नेकपा (क्रान्तिकारी माओवादी) र फेरि जनयुद्धमा जाने उद्घोषका साथ नयाँ पार्टी गठन गर्नुभएका नेत्रविक्रम चन्द विप्लव ‘एकीकृत जनक्रान्ति’को नामबाट सङ्घर्ष गर्दै आउनुभएको छ । दश वर्षसम्म जनयुद्धको नेतृत्व तहमा भूमिका निर्वाह गर्नुभएका डा. भट्टराईले माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल गठन गर्नुभएको छ । माक्र्सवाद र माओ विचारधारा पुरानो भयो भन्दै आर्थिक क्रान्तिका लागि नयाँ शक्ति नाम दिएर पार्टी खोल्नुभएका छ डा. भट्टराईले ।

दश वर्षसम्म जनयुद्ध गरेका माओवादीका नेताहरू नै त्यसको उद्देश्य पूरा नभएको स्वीकार गर्नुहुन्छ । त्यसमध्ये संघियता, गणतन्त्र, धर्म निरपेक्षता लागू भयो तर अझै राष्ट्रिय स्वाधीनताको लडाइँ बाँकी रहेको बताउछन जनयुद्ध लडेका नेताहरु । जनयुद्धले महत्वपुर्ण उपलब्धि दियो तर त्यो अझै स्थापित हुन सकेको छैन । २०५२ देखि हालसम्ममा जे जति परिवर्तन भए यसलाई जोगाउदैं र संस्थापन गर्दै लैजाने हो भने जनयुद्धको सहि मुल्याङकन भएको देखिन्छ तत्र हाती आयो हाती आयो फुस्सा हुने देखिन्छ ।

सन्तोष अर्याल, तारकेश्वर न.पा-३, काठमाडौं

प्रतिक्रिया दिनुहोस