• २०८१ मङ्सिर २३ गते आइतवार

दैलेखमा चालक सहचालक अब छिट्टै दैलेख प्रहरीको तालिममा

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल /दैलेख

मंसिर २६ दैलेख,। दैलेखमा पछिल्लो समय दुर्घटना न्यूनिकरण गर्न दैलेख, सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको छ । दैलेख सदरमुकामबाट छुट्ने यात्रुवाहक बस, माइक्रो बस (हाइस), जीपका लागि यो व्यवस्था गरिएको हो ।

यो खण्डमा यसअघि पनि टाइमकार्ड लागू गरिएको थियो । बिचैमा अलपत्र परेको टाइमकार्ड नियम पुन लागू गरिएको हो । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय दैलेखको संयुक्त प्रयासमा टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

सुर्खेत प्रहरीसँग समन्वय गरि टाइमकार्ड लागू गरिएको प्रहरी नायब उपरीक्षक ओलीले बताए । पहिलो चरणमा दैलेख सुर्खेत सडकखण्डमा टाइमकार्ड लागू गरिएको र लगत्तै कर्णाली राजमार्गमा पनि लागू गरिने ओलीले जानकारी दिए । ‘सवारी दुर्घटनाको जोखिम घटाउन टाइमकार्ड नियम लागू गरिएको हो,’उनले भने, ‘सवारीको गति नियन्त्रण, अब यात्रुको चाप निगरानीमा कडाई गरिनेभएको छ ।’ तोकिएको समयभन्दा चाँडो दूरी पार गरेमा कारबाही गरिने भएको छ ।

सबारी चालक र सह सबारी चालकलाई कस्तो कस्तो अबस्था सबारी दुर्घटना हुन सक्छ रु र के के कुराहरुमा बिचार पुराउनु पर्छ रु भनि सबारी चालक , सह सबारी चालक र यातायत ब्यवसायले ले बोलि ब्यबाहारका कुराहरुमा बेलाबेला यात्रुबाट गुनासो आएकाले न्युनिकरणका लागि छिटै ओरन्टेश कार्यक्रम गरिने ओलीले बताए ।

यात्रुवाहक सवारी साधनले दैलेख सदरमुकामदेखि माथिल्लो डुङ्गेश्वरसम्म १६ किमि ४५ मिनेट, माथिल्लो डुङ्गेश्वरदेखि रानिमत्ता २६ किमि एक घण्टा १५ मिनेट र रानीमत्तादेखि सुर्खेत बसपार्क २५ किमि १ घण्टा ३० मिनेटमा पुरा गर्नुपर्ने छ ।

यस्तै ः दैलेख सदरमुकाममा रहेका ३ वटा बस पार्क ब्यबस्थापनका लागि नगरपालिका संग कुरा अगाडि बढाउने बताए , भरखरै मात्र दैलेखका महत्वपुर्ण स्थानमा सिसि क्यामरा जडाजको निति लिएर अगाडी बढेको , हिजोका अबस्था र अहिलेको अबस्था फरक भएकाले सिसि क्यामरा जडानका लागि दैलेख जिल्लाका ११ वटा स्थनिय सरकार सबै सक्रिय भएको बताए । बिग्रिएका सिसि क्यामरा मर्मत गर्ने र अन्य जिल्लाका महत्वपुर्ण ठाउँमा सिसि क्यामरा छिटटै जडान गरिने बताए । सुरक्षित दैलेखको कार्य ओजना अन्र्तगत सिसि क्यामरा महत्वपुर्ण भएको बताए ।

प्रहरी नायब उपरीक्षक ओलीले , घरेलु मदिरा सुशाशनको महत्वपुर्ण पाट सुरक्षा भएकाले सुरक्षा स्थिती मजबुद गराउनको लागि , दैलेखमा देखिएको समस्या घरेलु मदिराको रोकथाको लागि लागिपरेको र लाईसेन्स प्राप्त मदिरा न्युनिकरण कसरी गर्ने भनेर सबै पालिकामा समन्वय भएको , पालिकाले पोलिसि बनाएर ल्याएमा काम अगाडि बढाउने बताए । उनले ११ गा्रम ५० मि।गा्रम लागुऔषध बरामद गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस