• २०८१ बैशाख १३ गते बिहिवार

सङ्खुवासभाको वडा कार्यालयमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ ।

गए राती अज्ञात ब्यक्तिले स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयको सम्पुर्ण कागजातहरु नष्ट भएको मादि नगरपालिकाका प्रमुख बिदुर लिङ्थेपले जनाएको छ ।

वडा कार्यालयमा कस्ले र किन आगजनी गर्यो भन्ने कुनै कारण खुल्न नसकेको नगर प्रमुख लिङ्थेपले बताए । सोही समयमा मादी भित्रीने सडक निर्माणको काम गरिरहेको डोजरमा पनि आगलागी भएको छ । सगरमाथा कन्स्ट्रक्सन कम्पनीको क्याट डोजरमा आगो लगाईएको हो । डोजरसँगै एउटा बाइकपनि जलेर नष्ट भएको स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस