• २०८२ जेष्ठ १ गते बुधवार

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , २५ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार बिहान इन्द्रावती गाउँपालिका-१२ ढोटारमा बा ४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट इन्द्रावती-१२ कै भाङ्टारका ४७ वर्षीय पञ्चवीर दनुवारको मृत्यु भएको इलाका प्रहरी मेलम्चीले जनाएको छ ।

ठक्कर दिने टिपरसहित चालक मेलम्ची नगरपालिका-१३ का सोम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस