• २०८२ जेष्ठ २ गते बिहिवार

उधौली पर्वको मुख्यमन्त्री राईद्वारा शुभकामना

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक सन्देश जारी गर्दै किरात समुदायको महान पर्व उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ, ‘धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस