• २०८० चैत्र ३० गते शुक्रवार

बर्दिया प्रहरीले २ बर्ष देखि आफ्नै घरमा श्रीमान र दाजुले बन्दक बनाईएका दुई महिलाहरुको उद्धार

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा /क्राईमबिट

मंसिर २६ बर्दिया । बर्दियाको गुलरियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ ।

गुलरिया नगरपालिका वडा नं ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्ड तथा विभिन्न महिला अधिकारकर्मी, संघसंस्था वडा कार्यालयको रोहवरमा उनीहरुलाई उद्दार गरीएको हो ।

दुई महिनाको गर्भवती समेत रहेकी श्रीमती र बहिनीलार्ई मानसिक तथा शारिरीक यातना समेत दिने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहीले बताएको छ । बन्धक महिलाहरुलाई दिशा पिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर वाहिर समेत निस्कन नदिने गरिएको पिडितहरुले बताएका छन् ।

महिला अधिकारकर्मीहरुलाई महिलाहरु वन्दक बनाई यातना दिइरहेको जानकारी आए पछि पिडीतहरुको उद्धार गरिएको महिला अधिकारकर्मी सपना शर्माले बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष निरज कुमार शर्माले महिला हिसा बिरुद्धका अभियानहरु चलेपनि दुरदराजका महिला दिदी बहिनीहरु हिंसाको मार खेपी रहेका बताएका छन् ।

गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा आफै पिडीतको घरमा गई ताला खोली उनिहरुको उद्दार गरेका छन् ।
पिडकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने गुलरिया नगरपालिका वडानम्बर ६ का वडा अध्यक्ष निरज कुमार शर्मा ले बताएका छन् । पिडिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी निरीक्षक ओलीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस