• २०८० चैत्र ३० गते शुक्रवार

किराँत समुदायको उधौली पर्वको शुभकामना राष्ट्रपति भण्डारीद्वारा

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ काठमाडौँ । किरात समुदायकोमहान् पर्व उधौलीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण देश तथा विदेशमा रहनुभएका किरात धर्मावलम्बीहरुलाई सुख, शािन्त, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाइ सुमधुर बनाउन सहयोग गरेको पनि उहाँको भनाइ छ ।

‘प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्‍भाव अभिबृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍दै उहाँले शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस