• २०८१ बैशाख १३ गते बिहिवार

कोहलपुरमा बिस्फोट एक जना गम्भीर घाईते के बिस्फोट

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह (क्राईमबिट)

कात्तिक २६, बाँके । कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै गोपाल पौडेलको घरमा बिस्फोट भएको हो । ३ बजे भएको बिस्फोटमा परी घरधनी पौडेल गम्भीर घाईते भएका छन ।

बिस्फोट लगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगन्ज रिफर गरीएको छ । घरमा अरु कोही नभएकाले मानविय क्षती हुन नपाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिएका छन । बिस्फोेटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । खासमा के पड्कीएको हो भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस