• २०८१ चैत्र ३ गते सोमवार

बिनोद बिबशको गजल ”मलाइ छाँटेकि रैछ”

पढ्न लाग्ने समय : १ मिनेट
  • बिनोद बिबश

चोखो माया गर्छु भन्थि,कपटीले ढाटेकि रैछ
दिल मा अरूलाई राखी मलाइ छाँटेकि रैछ !

हर कदम तिम्रो साथ हुन्छु बिश्वाश गर भन्थि
जनै सुपारी अरुसँग आज बेलुका आँटेकि रैछ !

सीधा सादा निश्चल,भन्ने गर्थे मैले जहिले पनि
तिरताली जाली ,प्रेम डोरी अन्तै बाटेकि रैछ !

दौलत,पर्दैन अटूट तिम्रो माया दिनु भन्ने गर्थी
मलाई होइन हीरामोती सँग मन साटेकि रैछ !

तिम्रो कसम धरोधर्म अरूले छोएको छैन भनी
झुटो रैछ बुझ्दा त अर्कै सँग मन झाटेकि रैछ !

प्रतिक्रिया दिनुहोस