• २०८१ फाल्गुन ७ गते बुधवार

दाङबाट ७ जना जुवाडेहरु पक्राउ को को परे नाम सहित

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

असोज २४, दाङ । दाङ प्रहरिले गोप्य सूचनाको आधारमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उ.म.न.पा.६ बरुवा गाउस्थित बिरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेका अवस्थामा न १० गड्डी तास (७ गड्डी तास खोलेको ३ गड्डी तास नखोलेको ) ५२८३० (बाउन्न हजार आठसय तिस ) सहित पक्राउ गरी ई.प्र.का. तुलसीपुरमा ल्याईएको दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिनु भयो छ । पक्राउ परेका माथि मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रबक्ता डिएसपी शाहले बताउनु भयो ।

पक्राउ पर्नेहरुमा तुलसिपुर उ.म.न.पा.६ बस्ने बर्ष ५० को नारायण के.सी. सोहि ठाउका बर्ष ४६ को ईन्द्र कुमार बुढाथोकी, बर्ष ३८ को सन्तोष के.सी., बर्ष ३८ को हेमराज अधिकारी, बर्ष ४१ को खड्क न्यौपाने, बर्ष ५५ को भिम ब.खड्का र ५ बस्ने बर्ष ५८ को चुर्ण ब.नेपाली रहेको दाङ प्रहरिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस