• २०८१ जेष्ठ १४ गते सोमवार

सशस्त्र प्रहरीद्वारा २० वटा भैंसी नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

असोज २५ , जनकपुरधाम । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइएका २० वटा भैंसी सशस्त्र प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको टोलीले जिल्लाको मटिहानी नगरपालिका–३ स्थित बरदाहाबाट शुक्रबार राति ८ बजेतिर उक्त भैंसी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा २० वटा भैंसीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

भैंसी ल्याउने व्यक्तिहरु प्रहरीलाई देखेपछि भागेका छन् । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको उपरीक्षक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस