• २०८२ बैशाख ५ गते शुक्रवार

सीता एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

पढ्न लाग्ने समय : १ मिनेट

असोज २५,काठमाडौं । रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमान मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ ।

विमानको पखेटामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो । शनिवार बिहान लुक्लाका लागि उडिसकेको विमानमा चार ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।

सीता एयरको ‘९ एन–आई–इ’ विमान उडिसकेपछि चरा ठोक्किएर पंखामा पसेको थियो । विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

प्रतिक्रिया दिनुहोस