• २०८१ चैत्र ५ गते बुधवार

जिल्ला अदालत सिराहाका हलुका सवारी चालक घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, सिराहा । जिल्ला अदालत सिराहाका हलुका सवारी चालक(करार) बृज मोहन यादव घुस रकम सहित पक्राउ परेका छन ।

उनले अदालतमा विचाराधिन लागुऔषध सम्बन्धी मुद्दा मिलाईदिन्छु भनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग रू. १,१०,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा सिराहा नगरपालिका वडा नं. ७ हस्पिटल चोक स्थित खडग होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस