• २०८१ माघ २६ गते शनिवार

उपनिर्वाचनमा काङ्ग्रेस लाई जिताउन देउवा सहित केन्द्रिय नेता धरानमा

पढ्न लाग्ने समय : ३ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

भदौ २६, सुनसरी । नेपाली काङ्ग्रेस का सभापति शेर बहादुर देउवा सहित केन्द्रिय नेताहरु धरान मा भेला भएकाछन । कार्यक्रममा विभिन्न शीर्ष नेताहरुले पनि सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको नगरसभा का लागि सभापति देउवा सहित केन्द्रिय नेताहरु ,उपसभापति विजय कुमार गच्छदार,सहमहामन्त्री डा.प्रकाश शरण महत,केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की , मिन विश्वकर्मा,नरेन्द्र चौधरी ,मिना सुब्बा लगाएतको उपस्थिती थियो । बुधवार देखी नेपाली काङ्ग्रेसको धरान को नगर भेला धरानमा शुरु भएको छ । तीन दिने सभाको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए । बुधवार धरानको भानु चौकमा आयोजित नगरसभा लाई सम्बोधन गर्नेक्रम सबै नेता हरुको एउटै कुरा मा जोड दिएका थिए त्यो थियो मङ्गसिर १४ मा हुने उपनिर्वाचन । कार्यक्रम मा बोल्दै सुनसरी का नेता पुर्व अर्थमन्त्री तथा केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की ले काङ्ग्रेस सभापति शेर बहादुर देउवा को अन्तरराष्ट्रिय छविकै कारण अमेरिका ले ५० अर्व सहयोग दिएको दावी गर्दै सरकारले यस्को सदुपयोग गर्न नसकेको आरोप लगाउनु भयो । उप निर्वाचनको प्रसङ्ग मा बोल्दै कार्किले , धरान हिजो र आजमा कुनै फरक नभएको भन्दै किन मुहार फेरिएन भनेर जनताले सोच्नुपर्ने बेला भएको बताउनु भयो ।

धरानमा काङ्ग्रेस नगर भेला लाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले आगामी निर्वाचन जित्नको लागि जनताको मन जित्न आवश्यक भएको बताउनु भयो । उनले पार्टी नेता, कार्यकर्ताहरुलाई जनताको मन जित्न जनताको घरदैलोमा पटक पटक पुग्न पनि निर्देशन दिए । देउवा ले भन्नु भयो , ‘जनता सर्वशक्तिमान हो, त्यसैले जनताको मन जित्नुपर्छ । जनताको घरमा पुग्नुस्, एक पटक होइन, पटक पटक पुगेर भेट्न निर्देशन समेत दिनु भयो । धरानमा आगामी मंसिर १४ मा हुने उपनिर्वाचन जसरी पनि जित्नुपर्ने भन्दै उनले जनताको मन जित्न कार्यकर्ताहरुलाई निर्देशन दिए । धरानमा आगामी मंसिर १४ गते मेयर पदको चुनाव हुदैछ भने वडा नं ७ को वडा अध्यक्षको पदमा पनि चुनाव हुदैछ । देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि नै प्रहार गरिरहेको र जनताको अधिकार खोस्ने प्रयास भएको पनि आरोप लगाए । सरकारको यो कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गर्ने देउवाले बताए । ‘जनताको अधिकार कुण्ठित पार्ने काम भइरहेको छ ।

मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगको अधिकार खोस्ने काम हुदैछ, यो सर्वसत्तावाद ल्याउने प्रयास भन्दै ‘जनताको अधिकार रक्षाको लागि कांग्रेसले डटेर सामाना गर्ने घोषणा गर्नु भयो ।कार्यक्रममा बोल्ने अधिकांश नेताले अहिलेको सरकार हत्या, हिंसा, आतङ्क, भ्रष्टाचारमा लागेको बताएका थिए । बोल्ने अधिकांश नेताले काङ्ग्रेसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको स्मरण गराएका थिए । कार्यक्रममा नेता नरेन्द्र चौधरी, मीना सुब्बा, नेता सीताराम मेहता, राजीव कोइराला, समाजवादी पार्टीका ताजुब लिम्बूलगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस