• २०८२ बैशाख ५ गते शुक्रवार

बिनोद बिबशको गजल ”नहुने लाई सधै भरी रीत्तो थालि हुने रैछ”

पढ्न लाग्ने समय : १ मिनेट
  • बिनोद बिबश

भाग्य भन्ने कुरा पनि सधै जालि हुने रैछ
नहुने लाई सधै भरी रीत्तो थालि हुने रैछ ।

अहोरात्र परिश्रम गरि रगत पसिना बगाउछु
हात पर्ने बेला सियो शुन्य खालि हुने रैछ ।

गोडमेल गरि सिचाई नि गर्छु मलजल उस्तै
बिउ नराम्रो परेपछि बिग्रेको बालि हुने रैछ ।

दिन दिनै सर सफाई गर्छु झाडु पोचा पनि
साफै नहुने जे गरे नी सडेको नालि हुने रैछ ।

भाग्य लेख्ने बिधाता तिमीलाई सलाम गरे
अर्ति उपदेश दिदा मूर्ख लाई गालि हुने रैछ ।

प्रतिक्रिया दिनुहोस