• २०८१ चैत्र ५ गते बुधवार

नेकपाले ग¥यो निर्वाचन आयोगमा दल दर्ता

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २६ काठमाडौँ । निर्वाचन आयोगमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले दल दर्ताका लागि निवेदन दर्ता गराएको छ ।बिहीबार बिहान नेकपाले आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

दल दर्ताका लागि बिहीबार बिहान नेकपा नेता खिमलाल देवकोटालगायत नेता आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस