- सुरज तामाङ (कुवाँको भ्यागुतो)
कसैको कानमा नपरेको खबर जस्तै भएँ
हेर्दा हेर्दै खिया लागेको खन्जर जस्तै भएँ।
रित्तै फर्किए गिट्टी बालुवा खोज्नेहरू पनि
बाढीले हिलाम्मे बनाएको बगर जस्तै भएँ।
कसम खाएर भन्नूपर्दा प्रीय म तिम्रो लागि
कहिल्यै पूरा नहुने अनौठो रहर जस्तै भएँ।
बग्दा बग्दै तिमीसँगै सागर पुग्ने रहर थियो
नदिले किनारा लगाएको पत्थर जस्तै भएँ।
चर्किएको मनलाई आड दिने कोहि नहुँदा
आज भुकम्पले भत्किएको घर जस्तै भएँ।
ठेगाना – दमौली ( तनहुँ )
हाल – परदेश