• २०८१ जेष्ठ १४ गते सोमवार

आज मौसम : मेघ गर्जन र चट्टयांग सहित वर्षा, सतर्कता अपनाउन अनुरोध

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २६, काठमाडौं । आज बिहिवार दिउँसो देशभरी आन्शिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पश्चिमी भु-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

आज मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडि वाट आएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ । हाल देशभरी आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहितको हल्का देखि मध्यम वर्षा साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्ने, पहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस