• २०८२ बैशाख १६ गते मङ्गलवार

बिश्व युवा दिवसमा इलाममा प्रभातफेरि र अन्र्तक्रिया

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

साउन २७, इलाम । बिश्व युवा दिवसको दिन आज बिहान इलाममा प्रभात फेरि सहित अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

युवा दिवस मनाउन जिल्ला युवा परिषद इलामको संयोजकत्वमा समितिनै निमार्ण गरिएको थियो । बिहान प्रभातफेरि कार्यक्रम गरिएको र दिउसो ”युवाहरुको लागि सहुलियत पूर्ण कर्जा ब्याज अनुदान अवसर र चुनौती” बिषयमा अन्र्तक्रिया कार्यक्रम भएको थियो । जिल्ला युवा परिषदका अध्यक्ष नवराज शंकरको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्थित बितिय संस्था र बैकहरुले लगानीको प्रतिबद्धता र सरोकारवलाहरुले चेतना अभिबृद्धिको लागि अग्रसर हुने संकल्प गरेका थिए ।

कार्यक्रममा बैकस एसोसिएसन इलामका अध्यक्ष दीपेन्द्र ठाकुर, ससस्त्र प्रहरी उपरिक्षक रोसन श्रेष्ठ, सुनचादी ब्यवसागी संघका अध्यक्ष देबेन्द्र शंकर, अनेरास्वबियुका इश्वरी तामाङ ,मानव अधिकार मंन्चका मनकुमार बराइली, करुण फाउन्डेसन इलामका कार्यक्रम निर्देशक अजित योन्जन,, यसवा उद्धमी मिलन खत्री र बिपीन दहालले आफ्नो धारण राखेका जिल्ला युवा परिषद इलाममा अध्यक्ष नवराज शंकरले बताए ।

इलाममा युवाको अवस्था भयावह
करिव ४० प्रतिसत जति जनसंख्याको हिस्सा रहेको इलाममाका युवाहरुको अवस्था भयाबह रहेको छ । खासगरि बेरोजगारी समस्याले पिरोलीएका बहुसंख्यक युवाहरु बैदेशीक रोजगारमा भौतारिने गरेका छन् , बैदेशिक रोजगारीमा र्गकाहरुलमा पनि थोरै संख्याका युवाहरुलेमात्रै प्रगति गरेको पाइन्छ । भारत सग सिमा जोडिएको इलाममा कतिको संख्यामा भारतमा काम गर्न गएका छन् भन्ने एकिन तथ्याङ्क पाइदैन । इलामका हरेक गाउबाट तेश्रो मुलुक र भारतमा कामको लागि युवाहरु जाने गरेको कारण गाउमा युवाहरुको संख्या न्युन रहेको छ ।

कृषिमा आधुनिकिकरण नहुनु ,सरकारले युवाहरुको लागि प्रेरणादायी कार्यक्रमहरु नल्याउनु , इलाममा उत्पादन हुने चिया , अदुवा , अलैची जस्ता नगदेबालीहरु र अन्य बालीहरुमा बजारको सुनिश्चिता नहुदा युवाहरु बिदेश पलायनमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस