• २०८१ पुष २९ गते सोमवार

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण, इनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवानलाई विशेष अदालतमा मुद्दा

पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, सुनसरी । सशस्त्र प्रहरी बल नं. ४ गण, इनरूवा, सुनसरीका सशस्त्र प्रहरी जवान बलराम यादव उपर विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

निजले व्यापार व्यवसाय सहज बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.१,५०,०००।–(एक लाख पचास हजार मात्र) घुस वापतको रकम सहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार अनुसन्धानको क्रममा निज सशस्त्र प्रहरी जवान बलराम यादवले सेवाग्राहीलाई व्यापार व्यवसाय गर्न सहज गराइदिने भनी रू.१,५०,०००।– (एक लाख पचास हजार) घुस रिसवत लिएको तथ्य पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको देखिएकोले निजलाई बिगो रू.१,५०,०००।–(एक लाख पचास हजार मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस