साउन २७, डोटी । डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी. घुस रकम सहित नियन्त्रणमा परेका छन ।
डोटी लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छोड पुर्जीको सिफारिस लगायत कागजी प्रकृया सहज गरिदिए बापत घुस लिएका हुन ।
उनि घुस रकम बुझी धनगढीतर्फ गइरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट स्थलगत खटिई गएको टोलीले उनलाई घुस रिसवत मध्येको रू.३,२६,०००।– घुस रिसवत रकम सहित जिल्ला डडेलधुरा भातकाँडाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।